तत्काल उखु किसानको रकम भुक्तानी नगरे कडा आन्दोलन गर्ने ६ वटा किसान संगठनको चेतावनी

तत्काल उखु किसानको रकम भुक्तानी नगरे कडा आन्दोलन गर्ने ६ वटा किसान संगठनको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- विभिन्न ६ वटा किसान संगठनहरुले उखु किसानको रकम चिनी उद्योगहरुले तत्काल भुक्तानी नगरे चिनी उद्योग, व्यापारी र सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ –अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उखु किसानको रकम तत्काल भुक्तानी नगरे चिनी उद्योग, व्यापारी र सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उक्त विज्ञप्तिमा वर्तमान सरकारले केपी ओली सरकारले जस्तो किसानमाथि बेइमानी नगर्न समेत उल्लेख गरिएको छ । किसान संगठनहरुले भनेका छन्, ‘वर्तमान सरकारले ओली सरकारले जस्तो बेइमानी नगरी उखु किसानहरुले चिनी मिलहरु र अन्य व्यापारीहरुलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने रकम अविलम्ब भुक्तानी गर्न गराउन हामी किसान संगठनहरु जोडदार माग गर्दछौँ । यदि किसानहरुको रकम तत्काल भुक्तानी नगरिएमा हामी उखु किसानहरुको पक्षमा चिनी उद्योग तथा व्यापारीहरु र सरकारको विरुद्ध कडा संघर्षमा उत्रिने र संघर्षको मैदानमा कुनै अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित चिनी उद्योगी, व्यापारी तथा सरकार हुने कुरा पनि यसै प्रेस वक्तव्यमार्फत स्पष्ट पार्न चाहन्छौँ ।’