आज यी स्थानमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

आज यी स्थानमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मुलुकभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

देशभर बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायम रहेको र मनसुनी गतिविधि सक्रिय अवस्थामै रहेको छ ।यस्तै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक,दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको रहेकाे छ ।

दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ।