एजेन्सी- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण पूर्वी एसिया भ्रमणका लागि सिंगापुर पुगेकी छन्। आइतबार दिउँसो सिंगापुर आइपुगेकी ह्यारिसलाइ सिंगापुरका विदेश मन्त्री भिभियन बालाकृष्णनले विमानस्थलमा स्वागत गरेका थिए ।
उपराष्ट्रपति ह्यारिसले दक्षिण पूर्वी एसिया र एन्डो–प्यासेफिक क्षेत्र अमेरिकाको सुरक्षा र सम्मृद्धिका लागि निकै महत्वपूर्ण भएको बताइन् । सात दिने दक्षिण पूर्वी एसिया भ्रमणमा आएकी ह्यारिसले सोमबार सिंगापुरका राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ । दक्षिण पूर्वी एसियामा चिनियाँ प्रभाव बढिरहेका बेला त्यसलाई कम गर्न अमेरिकाले पछिल्लो समय यो क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ ।




प्रतिक्रिया