ओलीसँग निर्णायक वार्ता गर्न माधव नेपाल छोडेका नेताहरू बालकाेट पुगे

ओलीसँग निर्णायक वार्ता गर्न माधव नेपाल छोडेका नेताहरू बालकाेट पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले विभाजनमा तटस्थ बसेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन् ।

माधव नेपाल समूहमा रहेपनि पार्टी विभाजनमा तटस्थ बसेका नेताहरु अध्यक्ष ओलीसँग निर्णायक वार्ता गर्न बालकाटे पुगेका हुन् । माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी दर्ता गरिसकेका छन् ।

नेताहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेगायतका नेताहरुले अध्यक्ष ओलीसँग १० बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल गर्न बताइएको छ ।

पार्टी विभाजनमा तटस्थ बसेका नेताहरु र संस्थापन पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल लगायतबीच वार्ता भएको थियो ।

केही दिन अगाडि पार्टी विभाजनमा तटस्थ बसेका नेताहरुको बैठकले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरे माधव नेपालसँग जाने चेतावनी दिएका थिए ।