झापामा एकै परिवारका तीन जनाले गरे आत्महत्या

झापामा एकै परिवारका तीन जनाले गरे आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- झापामा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् ।

झापाको कनकाई नगरपालिका—१ को सिर्जना टोलमा ३४ वर्षीय रविन विश्वकर्मा, उनकी श्रीमती २९ वर्षीय मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविनाले झुण्डिएर आत्महत्या गरेकाे इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले बताए ।

घरको ढोका भित्रबाट चुकुल लगाएर डोरमा झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको हो । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।