एजेन्सी- अपरिचित बन्दूकधारीहरुले काबुल विमानस्थलमा सोमवार पश्चिमी सुरक्षाफौज तथा अफगान गार्डहरुमाथि गोली चलाएका छन् । बन्दूकधारीहरुले अफगान गार्डहरुमाथि गोली चलाउँदा दुबैतिरबाट गोली हानाहान भएको थियो । सो घटनामा परी एकजना अफगान गार्डको मृत्यु भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
घटनामा अमेरिकी र जर्मन फौजहरू पनि संलग्न रहेको जर्मन सेनाले ट्वीटमार्फत जनाएको छ । तालिबानले काबुल नियन्त्रणमा लिएपछि विमानस्थलबाहिर हजारौँ मानीसको भिड लागेको छ ।




प्रतिक्रिया