काठमाण्डु – काठमाण्डु उपत्यकामा निषेधाज्ञा एक साता थप गरिएको छ ।
मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरूको संयुक्त बैठकले पुरानो नियमलाई यथावत् राख्दै भदौ १६ सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार संक्रमण दर उस्तै रहेको र थप कडाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य कडाइ गरिएको हो ।
अन्य भिडभाड कम गरी कोरोना रोकथामसँग सम्बन्धित जनचेतना प्रवाह गर्ने विषयलाई जोड दिइएको सिडिओ पराजुलीले बताए । यस अवधिमा एक साताअघि जारी गरिएका सबै नियम यथावत् रहनेछन् ।
यस्तै, होटेल तथा रेस्टुरेन्ट र अन्य खाद्यान्न पसल पनि ८ बजे अगावै बन्द गर्नुपर्नेछ । यसअघि एक साताका लागि थपिएको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।




प्रतिक्रिया