काठमाण्डु- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई बेवास्ता गरेमा फेरि कडा निषेधाज्ञा हुनसक्ने जनाएको छ । मंगलबार मन्त्रालयले समाजिक सञ्जाल फेसबुकमार्फत पछिल्लो समय कोरोना संक्रमणदर कायमै रहेको भन्दै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने क्रम बढेकाले यसले कडा निषेधाज्ञा गर्नुपर्ने अवस्थामा पुर्याउन सक्ने जनाएको हो ।
त्यस्तो अवस्था आउन नदिने दायित्व आफ्नै भएकाले मास्क लगाउने‚ भौतिक दूरी कायम गर्ने‚ भिडभाड नगर्नेजस्ता जनस्वास्थ्यका मापदण्डको इमानदारीपूर्वक पालना गर्नसमेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।





प्रतिक्रिया