स्वास्थ्य मापदण्ड पालना नगरे फेरि कडा निषेधाज्ञा हुनसक्छः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मापदण्ड पालना नगरे फेरि कडा निषेधाज्ञा हुनसक्छः स्वास्थ्य मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई बेवास्ता गरेमा फेरि कडा निषेधाज्ञा हुनसक्ने जनाएको छ । मंगलबार मन्त्रालयले समाजिक सञ्जाल फेसबुकमार्फत पछिल्लो समय कोरोना संक्रमणदर कायमै रहेको भन्दै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने क्रम बढेकाले यसले कडा निषेधाज्ञा गर्नुपर्ने अवस्थामा पुर्याउन सक्ने जनाएको हो ।

त्यस्तो अवस्था आउन नदिने दायित्व आफ्नै भएकाले मास्क लगाउने‚ भौतिक दूरी कायम गर्ने‚ भिडभाड नगर्नेजस्ता जनस्वास्थ्यका मापदण्डको इमानदारीपूर्वक पालना गर्नसमेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

May be a cartoon of text