काठमाण्डु- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि अन्तिम तयारी गरिएको छ । क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन बाँकी विवादबारे पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सोमबार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बुझेका हुन् ।
महाधिवेशनका मतदाता (क्रियाशील सदस्य)का विषयमा रहेको विवाद बाँकी नै राखेर सो सम्बन्धमा निर्णय गरिएको पाइएको छ । क्रियाशील विवाद समाधान समितिले धनुषा–४ र सर्लाही–२ का विषयमा नेताहरूसँग छलफल गरी यही भदौ १२ गते विवाद टुंग्याउने गरी प्रतिवेदन बुझाएको छ ।
देउवानिवास बुढानिलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डा.मिनेन्द्र रिजाल र रमेश लेखकले उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदन बुझ्दै सभापति देउवाले अब सहमतिमा तलमाथि नगरी महाधिवेशन प्रक्रिया अगाडि बढाउने जानकारी दिएका थिए ।
यस्तो छ समितिको १० बुँदे प्रतिवेदन:






प्रतिक्रिया