विराटनगर – नेकपा एमाले प्रदेश नम्बर १ मा भीम आचार्य संसदीय दलको नेतामा चयन भएका छन् । बिहीबार बिहान बसेको एमाले संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो ।
वर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका हुन् । आचार्य आजै मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई आजै प्रदेश प्रमुखले शपथ खुवाउने छन् ।
यस्तै मुख्यमन्त्रीबाट शेरधन राईले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन् ।
प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये अहिले ९२ जना सांसद छन् । प्रदेशसभामा एमालेका मात्र ५१ सदस्य छन् । जसमध्ये एक जना सभामुख छन् । सांसद गुलेफुन खातुन फौजदारी मुद्दामा दोषी देखिएकाले फरार छिन् ।
सरकार बनाउनका लागी ४७ सांसदको आवश्यकता पर्ने हुन्छ । नेपाल पक्षमा १५ जना सांसद जान सक्ने सम्भावना छ । तर, अहिलेसम्म चार जना सांसद मात्र नेपालको पक्षमा खुलेका छन् । आचार्य नेता झलनाथ खनाल निकट हुन । उनि यसअघि संसदिय दलको नेतामा राईसंगै पराजित भएका थिए ।
प्रदेशसभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १\१ जना सांसद छन् । गठवन्धनको सरकार बनाउन ८ जना सांसदको आवश्यकता हुन्छ । नेपालको नयां पाटीका सांसदले समर्थन गरेको अवस्थामा नयां सरकार बन्ने सम्भावना प्रदेश १ मा छ ।




प्रतिक्रिया