केन्द्रीय कमिटी बैठकमा वामदेव सहभागी नहुने

केन्द्रीय कमिटी बैठकमा वामदेव सहभागी नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएका छन् ।

बैठक दिउँसो १२ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्दैछ । उपाध्यक्ष गौतम बैठकमा सहभागी नहुने भएको उनका स्वकीय सचिव दीपक टमाटाले जानकारी दिए ।

उनले गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेपछि मात्रै सहभागिताका सम्बन्धमा टुंगो लाग्ने बताए ।

केही दिनअघि उनले एक वक्तव्य जारी गर्दै आफू माधव नेपालको पार्टीमा नगएको र एमालेमै रहेको बताएका थिए ।