प्रदेश १ मा भीम आचार्यले लिए मुख्यमन्त्रीको सपथ

प्रदेश १ मा भीम आचार्यले लिए मुख्यमन्त्रीको सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ –१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेशसभामा एमालेको एकल बहुमत भएकाले दलको नेता चयन भएसँगै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

आचार्यले संविधान अनुसार अबको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्नेछ । ९३ सदस्यीय प्रदेशसभामा एमालेको ५२ सांसद छन् । मुख्यमन्त्रीबाट राजिनामा दिएका राईले नै आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरेका हुन् ।