काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टीले केही गर्न सक्दैन भन्नेहरूले विगतमा राजतन्त्रलाई ढाल्न सकिँदैन भन्ने गरेको बताएका छन् । बिहीवार काठमाण्डुमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष नेपालले अहिले नयाँ पार्टीले केही गर्न सक्दैन भन्नेहरूले विगतमा राजतन्त्रलाई ढाल्न सकिँदैन भन्ने गरेको बताएका हुन् ।
उनले भने, “यस्ता चुनौती पटक पटक सामना गरेका छौँ । बाधा अवरोध पन्छाएका छौँ । अहिले पनि त्यस्तै छ । अहिले नयाँ पार्टीले केही गर्न सक्दैन भन्नेहरू विगतमा राजतन्त्रलाई ढाल्न सकिँदैन भन्ने गर्दथे ।”
त्यसैगरी उनले कम्युनिष्ट आन्दोलनमा नयाँ अध्याय शुरू गरेको बताएका छन् । ‘नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ अध्याय शुरू गर्न गइरहेका छौं । एमालेको दक्षिणपन्थी भासबाट जोगिएर क्रान्तिकारी धार निर्माणको अवस्थामा पुगेका छौं,’ अध्यक्ष नेपालले भने । उनले नयाँ यात्रामा अगाडि बढ्नु बाध्यता भएको दाबी गरेका छन् ।




प्रतिक्रिया