कक्षा ११ र १२ अध्ययनका लागि किरात राई यायोक्खाद्धारा ७१ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कक्षा ११ र १२ अध्ययनका लागि किरात राई यायोक्खाद्धारा ७१ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि किराँत राई यायोक्खाले छात्रवृत्ति प्रदान गरेको छ । यायोक्खाले बुधबार काठमाण्डुमा एक कार्यक्रम आयोजना गरि शैक्षिक सत्र २०७८/७९ का लागि पुर्ण तथा आंशिकमा छनौट भएका एसइई उत्रिण ७१ जना किरात राई विद्यार्थीहरुलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति वितरण गरेको हो ।

किरात राई यायोक्खा, शैक्षिक बिभागका प्रमुख हेमन्त राईले १३ वटा कलेजहरुमा ७१ जना किरात राई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको बताए । विद्यार्थीको मनोबल बढाउने तथा समुदायको शैक्षिक स्तर उन्नतीमा विकास गर्ने कार्यलाई प्राथमिकता दिन यस वर्ष पनि छात्रवृत्ति प्रदान गरिएको उनको भनाई छ ।

एसइई उत्रिण गरेका तर आर्थिक समस्याका कारण उच्च शिक्षा हासिल गर्न नसक्ने गरिब तथा जेहन्दार बिधार्थीको नामावली छनौट गरेर पारदर्शी ढङ्गबाट छात्रवृत्ति वितरण गरिएको शैक्षिक विभाग प्रमुख राईले बताए ।

गुणस्तरीय शिक्षामा टेवा पुग्ने उद्धेश्यले किरात राई यायोक्खाले विगत २४ वर्षदेखि गरिब तथा जेहन्दार किरात राई विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै कार्यक्रममा किरात राई यायोक्खाको आजीवन सदस्यता वितरण गरिनुका साथै छात्रवृत्ति प्राप्त विद्यार्थीहरुलाई यायोक्खाको संगठन, इतिहाँस, विद्यार्थीहरुले अध्ययनका क्रममा अबलम्बन गर्नुपर्ने विविध विषयहरुबारे समेत कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा यायोक्खाका अध्यक्ष, महासचिव, उपमहासचिव, सचिव तथा शैक्षिक बिभाग प्रमुख, विद्यार्थी, अभिभावक लगायत किरात राई युवा संघ र किरात राई बिध्यार्थी संघका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।