काठमाण्डु – दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी वेपत्ता घटनाको छानविन प्रतिवेदन तयार हुन अझै केही समय लाग्ने भएको छ ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले छानबिन समितिमा रहेका सदस्यहरूको पारिवारिक कारणले प्रतिवेदन तयार हुन नसकेको बताएका हुन् ।
छानबिन समितिमा रहेका दार्चुलाको सहायक सीडीओ ज्योत्सना भट्ट नातेदार बिरामी भएकाले दिल्ली पुगेकाले समितिको म्याद केही दिन थप गरेको बताए । भारतको बाटो भएर सदरमुकाम खलंगा आउँने क्रममा तुइनमार्फत महाकाली तर्दा धामी साउन १५ गत महाकालीमा खसेर बेपत्ता भएका थिए ।
उक्त घटनाको छानबिनका लागि सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा साउन १७ गते ५ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिको म्याद तीन पटक सम्म थप गरिएको छ । समितिले घटनास्थलको निरीक्षण गर्नुकासाथै नेपाल र भारततर्फका स्थानीयसंग सोधपुछ गरेको थियो ।




प्रतिक्रिया