काठमाण्डु – गय रातिदेखि परेको वर्षाका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार डुबानमा परेको छ । झरही खोलामा आएको बाढी ओभर फ्लो हुँदा बजार डुबानमा परेको रामग्राम नगरपालिकाका उप प्रमुख रम्भा कुँवरले जानकारी दिइन । बाढी पसेर बजार पुरै जलमग्न भएको छ भने सयौँ घरहरू डुबानमा परेका छन् ।
रामग्राम नगरपालिका परासी बजारमा पर्ने नगरपालिकाको वडा १ सहुवाटिकर, वडा २ को मस्जिद टोल, हाटबजार टोल, ३ को सङम टोल, मालटोल,लोकतान्त्रिक टोल, वडा ५ को प्रशासनटोल ड्राइभटोल, इमलीटोल, बुध्चोक्टोल र वडा६ पोखरापाली टोल पुरै डुबानमा परेको छ भने नगरका अरू वडा र क्षेत्रहरू वर्षाको पानीले जलमग्न भएको छ ।






प्रतिक्रिया