काठमाण्डु – अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) को २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । गएराती बाढीले डाइभर्सन बगाएपछि पूर्णरूपमा राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहले जानकारी दिए । वर्षाका कारण नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् ।
अविरल वर्षका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न स्थान डुबानमा परेका छन् । वर्षा संगै केरुङ्गे खोलामा आएको बाढीले कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पाईप बगाएको छ । बाढीका कारण संस्थाले ठुलो क्षति बेहोर्नुपरेको संस्थाका अध्यक्ष भीम कण्डेलले बताए । सामाजिक सञ्जाल मार्फत उनले खानेपानीको सहज वितरण गर्न समस्या हुने भन्दे धैर्य गर्न उपभोक्ताहरूलाई आग्रह गरेका छन् ।
खानेपानीको पाईप बगाउँदा कावासोती वडा नम्बर ५ र ६ मा पूर्णरूपमा र वडा नम्बर २ , ३ ८ र ९ मा आंशिक रुपमा खानेपानी वितरणमा असर पर्ने बताए । यस अघि असार २२ गते पनि बाढीले खानेपानीको पाईप बगाएको थियो । त्यसलाई मर्मत गरि अस्थायी रुपमा खानेपानी वितरण सञ्चालन गरेपनि फेरी बगाएको छ ।






प्रतिक्रिया