कैलालीमा बाढी पहिरोः कयौँ घर डुबानमा, एक जनाको मृत्यु

कैलालीमा बाढी पहिरोः कयौँ घर डुबानमा, एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली-अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँहरु डुबानमा परेका छन् । नदी रहेका तटीय क्षेत्रमा बढी प्रभावित भएको र एक जनाको मृत्यु समेत भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । त्यसैगरी सयभन्दा बढी घरहरु डुबानमा परेका छन् ।

तटीय क्षेत्रमा नदीले कटान गरेको भन्दै जाखिम बढेको भन्दै तटीय क्षेत्रका नागरिकहरुलाई सचेतना अपनाउन प्रशासनले आग्रह गरेको छ । साथै नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ ।

शिवगङ्गा नदी र झिलखोला बीच भागमा फसेका गौरीगङ्गा नगरपालिका – ३ कुचैनीका राजाराम सापकोटा र उनकी बहिनी आरतीको गए राति उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।

घाँस काट्न गएका दुवैलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको थियो ।