पूर्वी नवलपरासीमा पहिरोमा परि एकै परिवारका ३ जना बेपत्ता

पूर्वी नवलपरासीमा पहिरोमा परि एकै परिवारका ३ जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाण्डु- पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –४ माथिल्लो चारघरेमा पहिरो खस्दा एकै परिवारका ३ जना बेपत्ता भएका छन् । पहिरोमा परी एक जना घाईते भएको हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन् ।

चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएका छन् । पहिरोमा परेर घाइते हस्त बहादुरलाई उपचारका लागि सदरमुकाम कावासोती पठाइएको छ भने बेपत्ताको खोजी भइरहेको पाण्डेले बताइन् ।