पश्चिम नवलपरासीमा बाढीले बगाउँदा २ जनाको ज्यान गयो , एक जना बेपत्ता

 पश्चिम नवलपरासीमा बाढीले बगाउँदा २ जनाको ज्यान गयो , एक जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पश्चिम नवलपरासीमा बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । घरमा बाढी पसेपछि ज्यान बचाउन निस्किँदा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीपको खेतमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए ।

उनीहरूको शव केही तल खेतमा फेला परेको प्रहरीले जनाएको छ । सुनवल नगरपालिका–१४ की एलिसा तामाङ बेपत्ता भएकी हुन् । तामाङको अवस्था भने अहिलेसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिए ।

उनलाई पनि बाढीले बगाएको प्रहरीको अनुमान छ । गएराती देखिको अविरल वर्षाका कारण पश्चिम नवलपरासीको सदरमुकाम डुबानमा परेको छ । डुबानका कारण परासीका घर र पसलमा बाढी पस्दा लाखौंको क्षति भएको प्रारम्भिक अनुमान छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भएको जनाईएको छ ।