काठमाण्डु – संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको मद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अलग भएका छन् । आफू समेत विपक्षी रहेको रिटको सुनुवाइका लागि इजलासमा बसेको भन्दै प्रधानन्यायाधीश राणामाथि प्रश्न उठेपछि उनले इजलास छाडेका हुन् ।
मंसिर ३० गते र त्यसपछि जारी भएका अध्यादेशविरूद्ध संवैधानिक इजलासमा चलिरहेको मुद्दामा प्रधानन्यायाधीश राणालाई विपक्षी बनाइएको छ । आजको इजलासमा रिट निवेदकले नियुक्तिमा प्रधानन्यायाधीश पनि संलग्न रहेको भन्दै इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि संवैधानिक इजलासका न्यायाधीशहरू छलफलमा जुटेका थिए ।
संवैधानिक परिषदले गरेका नियुक्ति खारेजीसम्बन्धी मुद्दाको सुनुवाइ अब प्रधानन्यायाधीश राणाबिनाको संवैधानिक इजलासमा अर्को शुक्रवारलाई पेसी तोकिएको छ ।




प्रतिक्रिया