काठमाण्डु – भायानेटले एनसेलसँगको सहकार्यमा ‘अल इन वान, भायानेट पर्पल प्याक’ योजना सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ८० एमबीपीएस भायानेट इन्टरनेट लिँदा १७५ भन्दा बढी च्यानल भएको भायाटिभी सँगसँगै एनसेल सिम सित्तैमा पाइने कम्पनीले जनाएको छ ।
यस सिममार्फत प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाइने जनाइएको छ । त्यस्तैगरी यो सिममार्फत अन्य एनसेल नम्बरमा कल गर्नका मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा सुविधा पाइने जनाइएको छ ।
यी सबै सुविधाका लागि मासिक १ हजरा ६ सय रुपैयाँमा पाइने कम्प्नीले जनाएको छ । यो अफर भायानेटको १०० एमबीपीएस इन्टरनेटमा पनि उपलब्ध रहेको जनाइएको छ । सुपर स्पीड इन्टरनेट, मनोरञ्जनको लागि १७५ भन्दा बढी च्यानल भएको भायाटिभी, एनसेलको फष्ट क्लास मोबाइल डेटा प्याक, फ्रि टकटाइम, एसएमएस लगायतका सुविधा भएकोले यो पर्पल प्याक, साँच्चै नै अल–इन–वान छ ।




प्रतिक्रिया