निर्वाचन आयोगले नयाँ दलको विवरण संसद्‌मा पठायो

निर्वाचन आयोगले नयाँ दलको विवरण संसद्‌मा पठायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले एमाले र जनता समाजवादी पार्टीबाट विभाजित भएर नयाँ दल बनेको संसद् सचिवालयले जनाएको छ । एमालेबाट अलग्गिएर माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी  दर्ता भएको हो भने महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएको छ । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा ३० र लोसपामा १४ संघीय सांसद रहेको विवरण आयोगको पत्रमा रहेको संसद् सचिवालयले जनाएको छ ।

एमालेबाट निर्वाचित थप चार सांसदले पनि एकीकृत समाजवादीमा रहन चाहेको निवेदन दिएको पनि आयोगले संसद् सचिवालयलाई जानकारी गराएको छ । नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरेका सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ९ गते सनाखत गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले निवेदनबारे कुनै निर्णय लिएको छैन ।