जलवायु परिवर्तनको जोखिम घटाउन नविकरणीय ऊर्जामा जोड दिनुपर्छ : राष्ट्रपति भण्डारी

जलवायु परिवर्तनको जोखिम घटाउन नविकरणीय ऊर्जामा जोड दिनुपर्छ : राष्ट्रपति भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रपति – विद्यादेवी भण्डारीले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालको जैविक विविधता तथा हिमालय क्षेत्रको प्राकृतिक सन्तुलनमा प्रभाव परेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । उनले प्रकृतिमैत्री जीवनशैली अनुसरण गरी जलवायु परिवर्तनको प्रभाव न्यून गर्दै लैजानु पर्नेमा जोड दिईन ।

जलवायु परिवर्तनका विषयमा शुक्रबार आयोजना भएको कार्यक्रममा राष्ट्रपतिले नेपाल आफैं जलवायु परिवर्तनमा योगदान गर्ने राष्ट्र नभएता पनि यसबाट उत्पन्न गम्भीर प्रभाव भोग्ने राष्ट्रहरूको माथिल्लो सूचीमा रहनु चिन्ताको विषय भएको बताईन ।

राष्ट्रपति कार्यालय, महाराजगन्जमा आयोजना भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषको तर्फबाट कोषले गर्दै आएका वन्यजन्तु संरक्षणसम्बन्धी नियमित गतिविधी तथा विश्वव्यापी जलवायु परिवर्तनको अवस्थाबारे अन्तरसरकारी समिति (आइपीसीसी)ले हालै प्रकाशित गरेको प्रतिवेदनउपर अलग–अलग प्रस्तुतिहरू राखिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले भनिन् ‘कार्बन उत्सर्जनद्वारा विश्वव्यापी तापमान वृद्धि गर्न नेपालको भूमिका छैन । तर, तापमान वृद्धिकै कारण नेपालका हिमालहरू पग्लिने क्रम बढ्ने, वर्षातको प्रवृत्तिमा परिवर्तन आउंदा बाढी र भूक्षयका घटनाहरू बढ्ने लगायतका प्रभावको हामीले सामना गर्नु परिरहेको छ ।’

जलवायु परिवर्तनका विविध पक्षलाई मध्यनजर गरी यसका नकारात्मक एवं आकस्मिक प्रभावबाट जनताको सुरक्षा गर्न नेपालले पर्वतीय तथा अल्पविकसित राष्ट्रका रूपमा भोगिरहेका समस्यालाई विश्वमन्चमा बलियो गरी उठाउनका लागि सबै सरोकारवाला पक्षको राष्ट्रपतिले ध्यानाकर्षण गराएकी थिईन ।

कार्यक्रममा राष्ट्रपतिले सार्वजनिक यातायातदेखी नागरिकको भान्सासम्म नवीकरणीय ऊर्जाको उपयोगमा जोड दिई पेट्रोलियम पदार्थको आयातलाई प्रतिस्थापन गर्न सके वातावरण संरक्षणमा उल्लेखनीय योगदान पुग्ने धारणा राखेकी थिईन ।