विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री आचार्यले शुक्रबार साँझ उद्योग, पर्यटन, वन तथा वातावरणमा लछुमन तिवारी र सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङलाई नियुक्त गरेका हुन् ।
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्री आचार्यको सिफारिसमा संविधानको धारा १६८ को उपधारा(९) बमोजिम मन्त्रिपरिषद् विस्तार र कार्य विभाजन गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।




प्रतिक्रिया