कैलालीमा सेनिटाइजर सेवन गरेका एक जनाको मृत्यु

कैलालीमा सेनिटाइजर सेवन गरेका एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कैलालीमा सेनिटाइजर सेवन गरेका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भदौ ९ गते सेनिटाइजर सेवन गरेका धनगढी उपमहानगरपालिका –१२ का टीकाराम बराइलीको उपचारका क्रममा मृत्यु भएको हो ।

सेनिटाइजर सेवन गरेका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार जुगेडामै स्थानीय मेडिकलमा पुगेका थिए । सामान्य उपचारपछि घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि शुक्रबार राति नै धनगढीको निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।  उनले सेनिटाइजर सेवान के कारणले  गरे भन्नेबारे खुलेको छैन ।