काठमाण्डु- कैलालीमा सेनिटाइजर सेवन गरेका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भदौ ९ गते सेनिटाइजर सेवन गरेका धनगढी उपमहानगरपालिका –१२ का टीकाराम बराइलीको उपचारका क्रममा मृत्यु भएको हो ।
सेनिटाइजर सेवन गरेका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार जुगेडामै स्थानीय मेडिकलमा पुगेका थिए । सामान्य उपचारपछि घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि शुक्रबार राति नै धनगढीको निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । उनले सेनिटाइजर सेवान के कारणले गरे भन्नेबारे खुलेको छैन ।




प्रतिक्रिया