काठमाण्डु – माधव नेपाल पक्षले सञ्चालन गर्दै आएको रुपन्देहीको एमाले समानान्तर कमिटी एकीकृत समाजवादीमा रुपान्तरित भएको छ ।
शुक्रबार बुटवलमा बसेको नेपाल पक्षको रुपन्देही जिल्ला कमिटीको बैठकले सर्वसम्मत रुपमा नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीमा रुपान्तरित हुने निर्णय गरेको हो ।
एमालेको जिल्ला स्तरिय समानान्तर कमिटीको बैठकले सिङ्गो कमिटी नेकपा एकिकृत समाजवादीमा रुपान्तरित हुने निर्णय गरेको सो पक्षका नेता सिद्विचरण भट्टराईले बताए ।
उक्त बैठकले केपी ओली नेतृत्वको एमालेले देश, जनता र कम्युनिस्ट आन्दोलनलाई धोका दिएका कारण एमालेबाट बिद्रोहको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।




प्रतिक्रिया