गृहमन्त्री खाणले लिए बाढी, पहिरो र डुवानबारे जानकारी

गृहमन्त्री खाणले लिए बाढी, पहिरो र डुवानबारे जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गृहमन्त्री बालकृष्ण खाणले अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबारे सम्बन्धित क्षेत्रका सशस्त्र प्रहरी बलका अधिकारी र प्रभावित चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका छन् । 

शनिवार बिहान गृहमन्त्री खाणले प्रदेश-१, प्रदेश-२, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुख डिआइजीहरूसँग बाढी, पहिरो र डुबानबारे जानकारी लिएका हुन् ।

उनले नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्र, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी वर्षातपछिको अवस्थाबारे जानकारी लिएको जनाइएको छ ।

 अहिलेसम्मको कामको प्रशंसा गर्दै उनले मानिसको जीवन रक्षा र विपत्तिलाई सहजतामा ल्याउन उपलब्ध स्रोत र साधनको उपयोग गरी कुनै कसुर बाँकी नराख्नसमेत निर्देशन दिएका छन् ।