काठमाण्डु – काठमाण्डुको न्युरोडमा सुविधा सम्पन्न एसटीसी होलसेल मार्केट सुरु भएको छ । लगभग ४०० पसल रहेको उक्त होलसेल मार्केटमा २४ घण्टा नै सुरक्षाको व्यवस्था मिलाइएको छ ।
बजारमा आउने ग्राहकहरुको लागि पार्किङमा असुविधा नहोस भनेर १ हजार भन्दा बढी मोटरसाइकल र ४०० वटा गाडी अट्ने क्याफेसहित पार्किङको समेत व्यवस्था गरिएको एसटीसी होलसेल मार्केटका संचालक समिति सदस्य अश्मी भट्टराईले बताए ।
उनका अनुसार मार्केटभित्र एटीएमको व्यवस्था गरिनुका साथै ७७ जिल्लामा नै डेलभरीको समेत व्यवस्था मिलाइएको छ । एउटै छानामुनि इम्पोर्टेट लत्ताकपडा, जुत्ता चप्पल, क्याप, वेल्ट, पर्स, गार्मेन्ट, अन्डर गार्मेन्ट, घडी, चस्मा, मोवाइल, कुर्ता सलवार, साडी, सल, इलेक्ट्रोनिक्स लगायतका सामानहरु पाइने भएकोले ग्राहकहरुलाई सहज हुने उनले बताए ।




प्रतिक्रिया