दोस्रो पुस्ताका नेताहरुले घचेटेर अघि बढाए,पार्टी फुटाउने बेला साथ नदिएर भागे :माधव नेपाल

दोस्रो पुस्ताका नेताहरुले घचेटेर अघि बढाए,पार्टी फुटाउने बेला साथ नदिएर भागे :माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन गर्दा साथ नदिएका नेताहरुलाई पार्टी आउन आग्रह गरेका छन् । उनले एमालेका दोस्रो पुस्ताका नेताहरूलाई आफु नेतृत्वको पार्टीमा आए नेतृत्व छोड्न तयार रहेको घोषणा गरेका छन् । उनले अहिलेको लडाई भनेको पदको नभई विचारको भएको दावी गरे ।

एकीकृत समाजवादी पार्टी निकट पेशागत महासंघ, नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले पदका लागि कहिल्यै पनि लडाई नगरेको बताए ।

एमालेका १० जना स्थायी समितिका सदस्यहरुलाई इंगित गर्दै नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट ढाल्न उक्साएर पार्टी विभाजनमा सहयोग नगरेको आरोप लगाए ।

आफ्नो समुह छोडेका नेताहरुप्रति निकै आक्रोसित देखिएका अध्यक्ष नेपालले कलम चिन्ह भएको नेकपा एकीकृत दर्ता गर्ने र नेकपा लोकतान्त्रिक पार्टी दर्ता गर्ने नेताहरु पनि उनिहरु नै भएको खुलासा गरे ।

उनले दोस्रो पुस्ताले घचेटेर अघि बढाएको र पार्टी फुटाउने बेला साथ नदिएर भागेको आरोप समेत लगाए ।