जसपाको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रम : उपेन्द्र यादव लगायत वरिष्ठ नेताले सम्बोधन गर्दै

जसपाको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रम : उपेन्द्र यादव लगायत वरिष्ठ नेताले सम्बोधन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को लुम्बिनी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम आज भैरहवामा हुँदैछ । कार्यक्रम भैरहवाको जनकपथस्थित युनिक बैंक्वेटमा मध्यान्ह १२ बजेदेखि सुरु हुने पार्टीका प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रमलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, नेताहरु महेन्द्र राययादव र अमृता अग्रहरीले सम्बोधन गर्ने उनले बताए ।

महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुले नयाँ दल गठन गरेपछि जसपाले पार्टी विभाजन हुनुको कारण प्रष्ट पार्न र संगठन सुदृढिकरण,अन्य दलबाट पार्टी प्रवेश गराउनका लागि सातवटै प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जसपाले जनाएको छ ।