काठमाण्डु – दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका चिकित्सकहरु आन्दोलनमा आन्दोलनमा उत्रेका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.विनोद सिंहलाई कालोमोसो दल्नेमाथी कारवाहीको माग गर्दै आन्दोलन थालेका हुन् ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीसहितका समूहले शुक्रबार दिउँसो मेसु सिंहलाई उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेको थियो । दोषिमाथी कारवाहीको माग गर्दै स्वाथ्यकर्मीले तुलसीपुर बजार परिक्रमा गरेका थिए ।
टाइफाइड एक जना बिरामीको ‘ब्लड कल्चर’ गर्ने सुविधा नभएको अस्पतालले जनाएपछि बिरामीका आफन्तसँग विवाद भएको थियो । त्यहीं विवादपछि केही युवाहरूले मेसु सिंहलाई कालोमोसो दलेका थिए । घटनाको विरोधमा अस्पतामा डायलाइसिस, प्रसुती र इमर्जेन्सी बाहेक सबै सेवाहरू बन्द भएका छन् । दोषीलाई कारवाही नहुँदासम्म काममा नर्फकने मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहले बताए ।





प्रतिक्रिया