झलनाथ खनाल सोमबार स्वदेश फर्कने

झलनाथ खनाल सोमबार स्वदेश फर्कने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्किने भएका छन् । नेता खनाल गत २ असारमा उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा भर्ना भएका थिए । नेता खनाल सोमबार काठमाण्डु आउने उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।

उनका अनुसार स्वास्थ्यमा सुधार भएपछि नेता खनाल स्वदेश फर्कन लागेका हुन् । खनालको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । नेता खनालले दिल्लीबाट नै आफू नेकपा (एकीकृत समाजवादी) मा रहेको जानकारी गराएका थिए ।