प्रदेश २ का मुख्यमन्त्री राउतले गरे दुई मन्त्रीको जिम्मेवारी हेरफेर

प्रदेश २ का मुख्यमन्त्री राउतले गरे दुई मन्त्रीको जिम्मेवारी हेरफेर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।

उनले जसपा प्रदेश समितिका अध्यक्ष समेत रहेका विजयकुमार यादवले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र कुमार साहलाई दिएका हुन् ।

यसअघि साहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मन्त्री साहले आफूलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट हटाएर अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको पत्र प्राप्त भएको जानकारी दिए ।