एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल, राष्ट्रिय सभामा बेदुराम भुसाल चयन

एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल, राष्ट्रिय सभामा बेदुराम भुसाल चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल चयन भएका छन् ।

आइतबार संसद भवन नयाँबानेश्वरमा बसेको नेकपा एकीकृत समाजवादीको बैठकले नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो ।

त्यस्तै एकीकृत समाजवादीको राष्ट्रिय सभामा संसदीय दलका नेतामा बेदुराम भुसाल चयन भएका छन् । नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी २३ सांसद छन् भने राष्ट्रिय सभामा ७ सांसद छन् ।

एमाले फुटाएर नयाँ दल गठनका लागि निवेदन दिएका माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई बुधबार निर्वाचन आयोगले दलको मान्यता दिएको हो । आयोगले शुक्रबार एकीकृत समाजवादीका २३ सांसदको नाम संसद सचिवालयमा पठाएको थियो ।