काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधव नेपाललाई दिएको छ ।
आइतबार बसेको नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिइएको हो ।
नेता विरोध खतिवडाले मन्त्री छान्ने जिम्मा नेपाललाई दिएको जानकारी दिए । उनले अहिले संक्रमणकालीन अवस्थामा बारम्बार बैठक बस्न नसकिने भएकाले पनि मन्त्री छान्नेजस्ता कुरा निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने निर्णय भएको बताए ।
‘बारम्बार बैठक बस्न नसकिने अवस्था र अहिले संक्रमणकालीन अवस्था पनि भएकोले मन्त्री छान्नेजस्ता कुरा निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने निर्णय भएको छ,’ उनले भने ।




प्रतिक्रिया