काठमाण्डु- बागमती प्रदेशले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रको परीक्षा भदौ २० गतेबाट सञ्चालन गर्ने भएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण गत बैशाख १५ गतेबाट स्थगित भएका परीक्षाहरू सञ्चालन हुन लागेका हुन् ।
आइतबार यातायात व्यवस्था कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परिक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरु, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरु, प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भई पुनः प्रयोगात्मक परीक्षामा सहभागी हुन बाँकी परीक्षार्थीहरु, कार्यालयमा उपस्थित भई बर्ग थपको लागि राजस्व बुझाइसकेका सेवाग्राहीहरुका लागि मात्र परीक्षा सञ्चालन हुने जनाइएको छ ।
कार्यालयले आवेदन दिएर ‘प्रोसेस’ सुरु भइसकेकाले मात्र परीक्षामा सहभागी हुन पाउने जनाएको छ ।





प्रतिक्रिया