आइतबार १३८८ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

आइतबार १३८८ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ पीसीआर परीक्षणमा १ हजार २१४ जना र ३ हजार ३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १ हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २ हजार २६० जना कोरोना संक्रमित निको भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५९ हजार २२२ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ भने ७ लाख १२ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् ।