काठमाण्डु – सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर नभत्काउन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश अनिल कुमार सिन्हा र वमकुमार श्रेष्ठको संयुक्त इजलासले महाकवि देवकोटाको मैतीदेवीस्थित भत्काइएको घरको भग्नावशेष नहटाउन अन्तरिम आदेश दिएको हो ।
अधिवक्ता सञ्जय अधिकारीले महाकवि देवकोटाको घरको मौलिकता नबिग्रिने गरी पुनर्निर्माण गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
देवकोटाको घर भत्काएर नयाँ बनाउने नेपाल प्रज्ञा प्रतिष्ठानको निर्णय बदर गर्नुपर्ने पनि उनको माग थियो । प्रतिष्ठानले संग्रहालय बनाउने भन्दै देवकोटाको घर भत्काएपछि त्यसको चौतर्फी विरोध भएको थियो ।




प्रतिक्रिया