काठमाण्डु – अफगानिस्तानको राजधानी काबुल विमानस्थलमा फेरि विस्फोट भएको छ । आइतबार साँझ विमानस्थलबाट उत्तरपूर्वी क्षेत्रमा रकेट प्रहार भएको हो ।
विस्फोटमा परि २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको अफगान प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि अमेरिकाका राष्ट्रपति जो बाइडेनले आज पुनः काबुल विमास्थलमा आक्रमण हुने भन्दै आफ्ना नागरिकलाई तत्काल विमानस्थल छोड्न निर्देशन दिएका थिए ।
बिहीबार अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको बम आक्रमणमा १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो । सो घटना आईएसआईएस के समुहले गरेको थियो ।
अमेरिकाले शुक्रबार गरेको जवाफी हमलामा काबुल विमानस्थल बम विस्फोटका मुख्य योजनाकार मारिएका थिए । अमेरिकाले अफगानिस्तानको नाङ्घहार प्रान्तमा गरेको सो हमलामा ड्रोन प्रयोग गरेको थियो भने सो हमलामा स्लामिक स्टेटका सदस्य मारिएका थिए ।




प्रतिक्रिया