लुम्बिनीमा मन्त्रालय फुटाएर १३ पुर्‍याइयो, मन्त्रिपरिषद विस्तार हुँदै

लुम्बिनीमा मन्त्रालय फुटाएर १३ पुर्‍याइयो, मन्त्रिपरिषद विस्तार हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले १० बाट बढाएर १३ मन्त्रालय पुर्‍याएको हो ।

जसअनुसार अब लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहनेछन् ।

अहिले लुम्बिनीमा ३ जना बिना विभागीयसहित ७ सदस्यीय मन्त्रिपरिषद् छ । कांग्रेस, माओवादीसहितको गठबन्धनमा मन्त्रीका आकांक्षी धेरै भएपछि मुख्यमन्त्री कुलचन्द्र केसीले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । सरकारका प्रवक्ता कृष्णध्वज खड्काले मन्त्रालय बढेसँगै अब छिट्टै मन्त्रिमण्डल विस्तार हुने जानकारी दिए ।