काठमाण्डु – पत्रकार देवप्रकाश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन् । काठमाण्डुको गैह्रीधारास्थित एलिस रिसेप्सनमा एक कार्यक्रम आयोजना गर्दै त्रिपाठी आफ्नो नेतृत्वमा एकीकृत शक्ति नेपाल नामक पार्टीको घोषणा गरेका हुन् ।
हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिका आधारमा एकीकृत शक्ति नेपालको घोषणा गरिएको पत्रकार त्रिपाठीले जानकारी दिए । उनले आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेका छन् ।




प्रतिक्रिया