काठमाण्डु– चलचित्र ‘गौंथली’ प्रदर्शनको ७५ दिन कटाएको छ । साउन १ गतेबाट प्रदर्शनमा आएको चलचित्र असोज १५ अर्थात् हिजो बिहीबारबाट ७६ दिनमा प्रवेश गरेको हो ।
हालसम्म २६ करोड रुपैयाँ कलेक्सन गरिसकेको निर्माता सुमन गिरीले जानकारी दिए । यो अवधिसम्ममा चलचित्रका ९ लाख ४३ हजार ३३१ वटा टिकट बिक्री भएका छन् ।
गत सोमबार चलचित्र विकास बोर्डको सिनेपा विवरणअनुसार ११ असोजसम्म ‘गौंथली’को कमाइ २५ करोड ९५ लाख ८४ हजार ६४० रुपैयाँ ग्रस कमाइ गरेको उल्लेख थियो ।
नेपाली सिनेमा उद्योगकै दोस्रो धेरै कमाउने चलचित्र बनिसकको ‘गौँथली’ ‘पूर्ण बहादुरको सारङ्गी’पछि सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र हो ।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माता सुमन गिरी र डा। कपिल रिजाल रहेका छन् ।




प्रतिक्रिया