काठमाण्डु – सत्तारुढ गठबन्धनका पाँच दलबीच बुधबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको छ ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलको बैठकमा पर्सी अर्थात बुधबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको हो ।
नेकपा एकीकृत समाजवादीका नेता डा.विजय पौडेलले बुधबार मन्त्रिमण्डलले पूर्णता पाउने जानकारी दिए । साथै बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट सच्चाउने निर्णय गरेको उनले बताए ।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेको डेढ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसकेपछि सर्वत्र आलोचना भइरहेको छ ।




प्रतिक्रिया