पहिरोका कारण अवरुद्ध भएको नागढुङ्गा-नौबिसे सडकखण्ड सञ्चालन

पहिरोका कारण अवरुद्ध भएको नागढुङ्गा-नौबिसे सडकखण्ड सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अविरल वर्षापछि खसेको पहिरोका कारण सोमवार अवरुद्ध भएको नागढुङ्गा-नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा अवरुद्ध भएको सडकखण्ड पहिरो पन्छाएर अहिले सञ्चालनमा आएको हो । 

सडक अवरुद्ध हुँदा राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा बस्नु परेको थियो । धादिङकै गल्छीमा भने अहिले पनि सडक एकतर्फी मात्रै खुलेको जनाइएको छ ।

सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।