२२९५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

२२९५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ जनाको पीसीआर परीक्षण र ४ हजार ३४१ एन्टिजेन परीक्षणमा २२९५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर १ हजार ८ सय ८ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ८ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ ।