काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ जनाको पीसीआर परीक्षण र ४ हजार ३४१ एन्टिजेन परीक्षणमा २२९५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर १ हजार ८ सय ८ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ८ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया