कर्णाली याक्सको पार्टनर बन्यो प्राइम कन्सल्टेन्सी

कर्णाली याक्सको पार्टनर बन्यो प्राइम कन्सल्टेन्सी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी एण्ड सर्भिसेज प्रालि जोडिएको छ । एनपिएलको तेस्रो संस्करणका लागि कर्णाली याक्स र प्राइम कन्सल्टेन्सी एण्ड सर्भिसेजबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र प्राइम कन्सल्टेन्सीकी निर्देशक प्रिज्मा गौतमले हस्ताक्षर गरे ।

सम्झौतासँगै प्राइम कन्सल्टेन्सी एनपिएलको तेस्रो संस्करणमा कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरका रूपमा रहनेछ । प्राइम पहिलोपटक कर्णाली याक्ससँग जोडिएको हो ।

सम्झौतापछि कर्णाली याक्सका निर्देशक मल्लले नयाँ साझेदारीले कर्णालीको व्यावसायिक यात्रालाई थप मजबुत बनाउने बताए ।

प्राइम कन्सल्टेन्सीकी निर्देशक गौतमले कर्णाली याक्ससँगको सहकार्यलाई नेपाली क्रिकेटसँग जोडिने अवसरका रूपमा लिएको बताइन् ।

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गते (अक्टोबर २६ तारिख) देखि काठमाण्डुमा सुरु हुँदैछ । लिगका लागि कर्णाली याक्सले विदेशी खेलाडीको रूपमा इङल्याण्डका मार्क वाट र बङ्गलादेशका अकबर अलीलाई अनुबन्ध गरिसकेको छ ।