माधव नेपाललाई युवराज ज्ञवालीको चेतावनीः एमालेको मत खोसेर जित्छौँ भन्ने नसोच्नू

माधव नेपाललाई युवराज ज्ञवालीको चेतावनीः एमालेको मत खोसेर जित्छौँ भन्ने नसोच्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमाले उपाध्यक्ष एवं कर्णालीका संयोजक युवराज ज्ञवालीले माधव नेपालले नयाँ दल दर्ता गरेर गल्ती गरेको बताएका छन् ।

मंगलबार सुर्खेतमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले नेता नेपालले एउटै नीति, एउटै विचार धारा भएको पार्टी विभाजन गरेर यसको औचित्य पुष्टि नसक्ने बताए । उनले अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग् माधव नेपाललाई चेतावनी दिए ।

‘अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर, तपाईहरुले जित्नुहुन्न, आफुले आफुलाई सिध्याउने दिशामा लाग्नुभएको छ, एमालेको मत खोसेर हामी जित्छौँ भन्ने नसोच्नूस्,’ उनले भने ।

उपाध्यक्ष ज्ञवालीले दश बुँदे सहमति कार्यान्वयन गर्ने र पार्टी एकता गर्ने विषयमा माधव नेपाल सहमत भएको बताए ।

‘माधव कमरेडले भन्नुभएको थियो । माधव समूहमा अन्तरविरोध देखा पर्‍यो, त्यो समूहको स्थायी कमिटीमा र माधव कमरेडमा, हामी पार्टी एकता गरेर छलफल, बहस त्यही गर्नुपर्छ, सामुहिकरुपमा कमीकमजोरी सच्याउने गर्नुपर्छ भन्न हाम्रो भनाई थियो,’ उनले भने ।

उपाध्यक्ष ज्ञवालीले माधव समूहमा रहँदा पार्टी विभाजन गर्ने या एकता गर्ने भन्ने विषयमा छलफल भएको बताए । उनले एक महिना अघिदेखि नै भित्रभित्रै भयंकर छलफल भईरहेको बताए ।

‘अचानक स्थायी कमिटिको बैठक नराखेर, हामी सहमतिमा नहुदाँ नहुदैँ दल दर्ता गर्नुभयो, एउटै विचार भएको पार्टी निर्माण गर्नु गलत हो, नेता प्रधान होइन, नीति प्रधान हो, व्यक्ति प्रधान होइन, पार्टी प्रधान हो,’उपाध्यक्ष ज्ञवालीले भने ।