काठमाण्डु – रोजगारीका लागि इजरायल जान चाहने आवेदकहरूको लिखित परीक्षा भदौ अन्तिम साता हुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभागले साउन १२ गते गोरखापत्रमा प्रकाशित गरेको विज्ञापन बमोजिम आवेदन दरखास्त स्वीकृत भएका उमेद्वारहरूको छनौटको लागि अंग्रेजी भाषाको लिखित परीक्षा भदौ २८ गते हुने भएको हो ।
लिखित परीक्षा काठमाण्डुका विभिन्न परीक्षा केन्द्रमा भदौ २८ गते सोमबार दिनको ठीक १ बजेदेखि सञ्चालन हुने जनाइएको छ । परीक्षा अवधि २ घण्टाको हुनेछ भने अङ्ग्रेजी भाषाको लिखित परीक्षा भौतिक उपस्थितिमै हुनेछ ।
सरकारले इजरायल रोजगारीको लागि साउन १२ देखि ३२ गतेसम्म अनलाइन आवेदन आह्वान गरेको थियो । जसअनुसार ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए ।




प्रतिक्रिया