जनप्रतिनिधिले गरेका कामको मुल्यांकन गर्दै एमाले, आवश्यक तयारी गर्न निर्देशन (सर्कुलरसहित)

जनप्रतिनिधिले गरेका कामको मुल्यांकन गर्दै एमाले, आवश्यक तयारी गर्न निर्देशन (सर्कुलरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले आगामी फागुन/चैत महिनामा हुने स्थानीय तह निर्वाचनमा केन्द्रित हुन देशभरका स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

एमालेले सर्कुलर जारी गर्दै विगत चार वर्षमा स्थानीय तहका जनप्रतिनिधिहरुले गरेको कामको समीक्षा गर्ने भन्दै त्यसका लागि तयारी गर्न मातहतका पार्टी कमिटीलाई आवश्यक निर्देशन दिएको हो । गत स्थानीय निर्वाचनमा स्थानीय तहमा निर्वाचित आफ्नो पार्टीका जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा भए गरेका कामबाट जनताको विश्वास जित्न सकेको वा नसकेको भन्ने कुरा आगामी निर्वाचनमा मूल्याङ्कन हुने एमालेले जनाएको छ ।

‘अव निर्वाचन नजिकिँदै जाँदा विगत निर्वाचनमा हामीले जितेका पालिकाहरूमा जनताको पक्षमा कति काम गर्न सक्यौँ ? जनताको विश्वास जित्न सक्यौँ वा सकेनौँ ? पालिकाहरूमा जनताको पक्षमा सुशासन कायम राख्न सक्यौँ वा सकेनौँ ? यसको मूल्याङ्कन आगामी निर्वाचनमा हुने छ’, जारी सर्कुलरमा भनिएको छ, ‘जहाँ हामीले आंशिक मात्र जित्न सक्यौँ वा पराजय भोग्यौँ त्यस्ता पालिकाहरूमा हाम्रो पार्टी मार्फत खबरदारी गर्ने वा पार्टीको पहलमा पनि जनताका कामहरू गर्ने सवालमा हाम्रो भूमिका के रह्यो ? यसको आधारमा पनि आगामी निर्वाचनमा हाम्रो मूल्याङ्कन हुने छ ।’

यस्तो छ एमालेले जारी गरेको सर्कुलर: